Read FAQ in English

१. हेल्लो पैसा भनेको के हो ?

हेल्लो पैसा मोबाइल फोन प्रणालीमा आधारित नेपालको एकमात्र साझा बितिय मंच हो | जस अन्तर्गत विभिन्न सदस्य बैंकका शाखाहरु अनि ति बैंकद्वारा नियुक्त आधिकारिक एजेन्टहरु मार्फत कुनै पनि ग्राहकले खाता खोल्न अनि विभिन्न कारोबारहरु गर्न सक्दछन् | उदाहरणको लागि निक्षेप जम्मा गर्न , मोबाइल फोन recharge गर्न , टेलिफोन बिल भुक्तानी गर्न , Dish Home को भौचर recharge गर्न , रकमान्तर गर्न, remittance सेवा लिन तथा किनमेलको बिल भुक्तानी गर्न इत्यादी |

२. हेल्लो पैसाको सुबिधा प्राप्त गर्नका लागि के गर्नु पर्छ ?
हेल्लो पैसा सुबिधा लिन मोबाइलफोन तथा चालु अवस्थाको सिमकार्ड हुन जरुरि छ | सिमकार्ड कुनै पनि मोबाइल सेवा प्रदायक कम्पनी (NTC ,NCELL , UTL , तथा SMART Telecom ) को भएपनि हुन्छ | यो सेवा प्राप्त गर्न सेवाग्राहीले हेल्लो पैसा खाता खोल्नु पर्ने हुन्छ | कुनै पनि हेल्लो पैसा सदस्य बैंकको साखा वा यी बैंकद्वारा नियुक्त कुनै पनि अधिकारिक एजेन्टहरुको पसलमा गएर आफ्नो नागरिकताको फोटोकपि तथा पासपोर्ट साइजको फोटो बुझाई एउटा साधारण फारम भरेको भरमा यो खाता निशुल्क खोल्न सकिन्छ | यो सेवा सम्बन्धित बैंकमा बैंकखाता नभए पनि लिन सकिन्छ |

३. हेल्लो पैसा सेवा अन्तर्गत क कस्ता सुल्कहरु तिर्नुपर्छ ?
यो सुबिधा लिनका लागि कुनै पनि सुल्क लाग्नेछैन | सेवाग्राहिले निशुल्क खाताखोल्न, निक्षेप जम्मागर्न वा निकाल्न सक्दछन् | साथै विभिन्न बिलहरुको भुक्तानी पनि निशुल्क गर्न सक्दछन | तर रकमान्तर गर्न भने न्युनतम शुल्क लाग्ने छ , जुन बजारमा चलि आएको शुल्क भन्दा धेरै कम रहेको छ | थप जानकारीका लागि सम्बन्धित बैंक तथा हेल्लो पैसा एजेन्टहरुकोमा सम्पर्क गर्नु होला |

४. हाल हेल्लो पैसा सुबिधा संजाल कति ठुलो छ ?
हाल यो संजालमा लक्ष्मी बैंक , सिद्धार्थ बैंक , बैंक अफ काठमाडौँ, कमर्ज एंड ट्रस्ट बैंक अनि आइ . एल . एफ , सी गरि जम्मा ५ सदस्य बैंकहरु रहेका छन् | यी बैंकहरुका १८९ साखाहरु अनि यी बैंकद्वारा नियुक्त २२५ भन्दा बढी एजेन्टहरु यो संजालमा रहेका छन् | देशका ७५ मध्ये ४२ जिल्लामा यो सेवा उपलब्ध भैसकेको छ | बाँकि जिल्लाहरुमा पनि यो सेवा द्रुतगतिमा फैलिंदै छ र छिट्टै नै देसका सबै जिल्लाहरुमा यो सेवा उपलब्ध हुनेछ | साथै , अन्य धेरै बैंक तथा बितिय संस्थाहरु पनि यो संजालमा आबद्द हुने क्रममा रहेका छन् |

५. हेल्लो पैसाले कसरी काम गर्छ ?
यो सेवाले एस.एम.एस तथा आइ.भी.आर. कलका माध्यमबाट काम गर्दछ | ग्राहकले ३६५० मा एस.एम.एस को माध्यमबाट सिस्टमलाई कारोबारको आदेश पठाएपछि सिस्टमले ३६५० बाटै ग्राहकलाई फोन गर्दछ | उक्त फोन कलमा ग्राहकले आफ्नो गोप्य पिन(PIN) हालेपछि सिस्टमले कारोबार आदेशलाई स्वीकृत गर्ने छ | कुनै पनि कारोबार सफल हुन ग्राहकले आफ्नो गोप्य पिन(PIN) हाल्नु अनिवार्य छ | यसर्थ , ग्राहक आफैंले कारोबार स्वीकृत तथा अस्वीकृत गर्न सक्दछन् |

६. यो सेवा कत्तिको सुरक्षित छ ?
यो सेवा अन्तरास्ट्रिय स्तरको सुरक्षा पद्दतिमा आधारित सेवा हो | जस अन्तर्गत कुनै पनि कारोबार सफल हुन
१. दर्ता भएको ग्राहकको सिम र
२. ग्राहकको गोप्य पिन(PIN)
दुवै सत्य प्रमाणित हुनुपर्दछ | यस अर्थमा, ग्राहकको खाता कसैले दुरुपयोग गर्नका लागि ग्राहकको सिमका साथै ग्राहकको गोप्य पिन(PIN) पनि हाँसिल गरेको हुनुपर्दछ | ग्राहकको गोप्य पिन(PIN) सिस्टममा कहीं कतै पनि भण्डारण नहुने हुनाले सो पिन(PIN) न त हेल्लो पैसा सेवा प्रदायकले, न त
सम्बन्धित बैंकले, न त मोबाइल सेवा प्रदायक कम्पनीले नै हेर्न / प्राप्त गर्न सक्दछन | यसर्थ , यो सेवा बिशिस्ठरुपमा सुरक्षित छ |

७. यदि मोबाइल हराएमा के हुन्छ ?
मोबाइल फोन हराऊँदैमा आत्तिहाल्नु पर्दैन | कुनै पनि अनधिकृत कारोबार कुनै फोन फेलापार्ने व्यक्तिले तपाईको गोप्य पिन(PIN) थाहानपाए सम्म कुनै कारोबार गर्न सक्दैन | साथै, ग्राहकको सुरक्षाकोलागि, तिन पटक गलत पिन(PIN) हाल्ने बित्तिकै सिस्टमले स्वत: खातालाई निस्क्रिय पारिदिनेछ | तपाई स्वयम् बैंक वा आधिकारिक एजेन्टकोमा उपस्थित भै लिखित निबेदन नदिएसम्म तपाईको खाता पुन: सुचारु हुनेछैन | तै पनि , अझ सुरक्षित हुनकालागि, कार्य समयमा सम्बन्धित बैंकमा सम्पर्क गरि खातालाई निस्क्रिय गर्न सक्नु हुनेछ |

The services are available across the following Mobile Operators

Feedback
Request Registration